आरविवि म्युचुअल फण्ड-२ निष्कासन, १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिने



काठमाडौं । आरबीबी मर्चेन्ट बैंकिङले आजदेखि आरविवि म्युचुअल फन्ड–२ निष्कासन गरेको छ ।

फन्डले प्रति इकाई १० रुपैयाँका दरले १२ करोड इकाई निष्कासन गरेकामा १ करोड ८० लाख इकाई इकाईको कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंकलाई छुट्याएको छ । बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणका लागि निष्कासन गर्ने छ । फन्डमा न्यूनतम १०० देखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।

फन्डमा वैशाख २१ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा वैशाख ३१ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत दिन सकिने छ ।


क्लिकमान्डु