राष्ट्र बैंकको स्थापना दिवस आज
काठमाडौं । नेपाल राष्ट्र बैंकले ६८ औं वार्षिकोत्सव मनाउँदै छ ।
२०१३ साल वैशाख १४ गते राष्ट्र बैंकको स्थापाना भएको दिनलाई केन्द्रीय बैंकले स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।
राष्ट्र बैंकले ६८ औं वार्षिकोत्सवको अवसरमा मुलुकको समष्टिगत आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकास एवं सुरक्षित, सक्षम भुक्तानी प्रणालीको सवलीकरणका लागि आवश्यक मौद्रिक नीति निर्माण गरी सोको व्यवस्थापन र वित्तीय सेवाको पहुँच अभिवृद्धि गर्दै वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्ने र मुलुकले परिलक्षित गरेको आर्थिक विकासको लक्ष्य प्राप्तिमा सहयोग पुर्याउन सदा समर्पित रहने प्रतिवद्धता व्यकत गरेको छ ।
वार्षिकोत्सव राष्ट्र बैंकले विभिन्न कार्यक्रम गरि मनाउँदै छ ।