ऋणीले साँवा ब्याज नतिरेपछि धितोमा राखेको जग्गा र सवारी साधन बिक्री गर्दै सिद्धार्थ बैंक



काठमाडौं । सिद्धार्थ बैंकले धितोमा राखिएको सवारी साधनसहित जग्गा बेच्ने भएको छ ।

बैंकबाट कर्जा लिएका ऋणी तथा सो को धितो जमानकर्ताले ऋण लिँदा गरिदिएको लिखत र ऋण स्वीकृतिपत्रको शर्तमा तोकिए बमोजिम बैंकलाई तिर्नुपर्ने साँवा, किस्ता तथा ब्याज समेतका रकमहरु बुझाउन पटक पटक मौखिक एवं लिखित ताकेता गर्दा समेत नतिरी/नबुझाई बैंकसँग भएको ऋण कर्जासम्बन्धी शर्त उल्लघन गरेपछि बैंकले धितोमा राखिएको सम्पत्ति बिक्री गर्ने भएको हो ।

बैंकले एक सूचना जारी गर्दै बैंकको शाखा कार्यालय गोलान्जर, सिन्धुलीको धितोमा रहेको सम्पत्ति लिलाम बिक्री गर्ने जानकारी दिएको हो ।

ऋणी देवायनम कन्ष्ट्रक्सन इण्ड सप्लायर्स प्रालिको व्यक्तिगत जमानीकर्ताको नाममा रहेको सवारी साधानसहति घरजग्गा बिक्री गर्न लागिएको जनाएको छ ।

बैंकले धनी सिद्धार्थ बैंक भई ऋणी देवायमान कन्ष्ट्रक्सन एण्ड सप्लायर्स प्रालि कायम भएके नारायणी यातायात कार्यालयमा दर्ता कायम रहेको हुण्डाई टुट्वान्टी स्मार्ट सेरिज इस्काइभेटर(२०१८) बिक्री गर्ने छ ।

यस्तै, शान्ती बहादुर कटुवालको बुहारी, डम्बर कटुलवालको पत्नी, सिन्धुली जिल्ला, जरायोटार गाविस वटा नं. ०९ स्थायी ठेगाना भई हाल सिन्धुली जिल्ला, तिनपाटन गा.पा. वडा नं. ०५ बस्ने पवित्रा कटुवालको कटुवालको नाममा दर्ता भई बैंकको पक्षमा दृष्टिबन्धक धितो पारित भई बैंकको पक्षमा रोक्का समेत रहेको साविक सिन्धुली जिल्ला, वालाजाृर गाविस वडा नं. ०३ स्थित कि.नं. ३०४, १५, ७५५, १९, ३१ र १६० को क्षेत्रफल क्रमशः ०-१२-१-०,०-२-११-२,०-५-३-०-०-५-११-२, ०-१-१७-० र ०-१०-११-० विगाह जग्गा एंव सोमा जडित सम्पूर्ण लिगलगापात समेत बिक्री गर्ने छ ।

बोलपत्र फाराम १ हजार तिरी बैंकको शाखा कार्यालय, गोलान्जर, सिन्धुलीबाट कार्यालय समयभित्र प्राप्त गर्न सकिने बैंकले जनाएको छ । शिलबन्दी बोलपत्र यो सूचना प्रकाशित भएको १५ दिनभित्र अर्थात बैशाख २४ गतेभित्र बैंकको शाखा कार्यालय, गोलान्जर, सिन्धुलीमा बुझाई सक्नुपर्ने बैंकले जनाएको छ ।


क्लिकमान्डु