प्रभु बैंक, आर एन्ड डी इन्नोभेटिभ सोलुसन र इनफिकेयरबीच कृषि कर्जामा लगानीसम्बन्धी सम्झौता
काठमाडौं । प्रभु बैंक, आर एन्ड डी इन्नोभेटिभ सोलुसन र इनफिकेयर प्रालिबीच किसानलाई सुलभ वित्तीय कर्जा उपलब्ध गराउने विषयमा त्रिपक्षीय सम्झौता भएको छ ।
सम्झौता पत्रमा आर एन्ड डी इन्नोभेटिभ सोलुसनकी प्रमुख कार्यकारी अधिकृत सुनिता न्हेम्हाफुकी तथा इनफिकेयरका निर्देशक सविन मानन्धर र बैंकका प्रमुख व्यापार अधिकृत दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार किसानलाई सहज ढंगले कर्जा उपलब्ध गराउन प्रभु बैंक, आर एन्ड डी इन्नोभेटिभ सोलुसन र इनफिकेयर प्रालिबीच सम्झौता भएको हो । यस साझेदारीको मुख्य उद्देश्य किसानको व्यवसाय विकास र विस्तारमा केन्द्रित रहनेछ ।
उच्चस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्य लिई ३६५ शाखा कार्यालय, ७१ एक्स्टेन्सन काउन्टर तथा ३०९ एटीएमसहित फराकिलो पहुँच रहेको प्रभु बैंकले सम्झौताअनुरुप किसानलाई कर्जा उपलब्ध गराउन सहजता प्रदान गर्ने विश्वास लिएको छ ।