आईएमई पे मा पहिलोपटक क्यूआर भुक्तानी गर्ने ग्राहकलाई २५ रुपैयाँ क्यासब्याक
काठमाडौँ । आईएमई ग्रुप अन्तर्गत ‘आईएमई डिजिटल सोलुसन लमिटेड’को ‘आइएमई पे’ ले पहिलो पटक क्यूआर स्क्यान फिचर प्रयोग गर्ने ग्राहकलाई लक्षित गरी नयाँ अभियान सार्वजनिक गरेको छ ।
अभियानअन्तर्गत आईएमई पे बाट पहिलो पटक क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्ने ग्राहकले ‘FIRSTQR’ प्रोमो कोड प्रयोग गरी २५ रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
सो क्यासब्याक ग्राहकलाई क्यूआर भुक्तानी गर्न प्रेरित गरी विद्युतीय भुक्तानी गर्न प्रोत्साहन गर्न र वित्तीय साक्षरता प्रदान गर्ने उद्देश्यले सुरु गरिएको कम्पनीले जनाएको छ ।
नेपालको पहिलो भुक्तानी सेवाप्रदायक आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्धित आईएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवाप्रदायक हो । ‘आईएमई पे’ आईएमई ग्रुपको डिजिटल वित्तीय सेवाप्रदायक अन्तर्गतको एक उत्पादन हो ।