प्राइम बैंकले धितोमा राखिएको घरजग्गा बिक्री गर्ने
काठमाडौं । प्राइम कमर्सियल बैंकले धितोमा राखिएको घरजग्गा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको कर्जा बुझाउन पटक पटक मौखिक एंव लिखित ताकेता गर्दा समेत नतिरी÷नबुझाई बैंकसँग भएको ऋण कर्जासम्बन्धी शर्त उल्लघन गरेपछि बैंकले धितोमा राखिएको सम्पत्ति बिक्री गर्ने भएको हो ।
व्यक्तिगत जमानकर्ता पवन पाठकको नाममा मालपोत कार्यालय डिल्लीबजार, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ४ स्थित कित्ता नं. ३१० को क्षेत्रफल १०२.९७(ब.मि.) को घरजग्गा तथा सो घरजग्गाले चर्चेको सम्पूर्ण लिग लगापात समेत बिक्री गर्न लागिएको बैंकले जनाएको छ । यो घरजग्गा ऋणीहरु नेपाल भारत मैत्री हस्पिटल प्रा.लि. र टेलिकम कन्सल्ट्यान्ट नेपाल प्रा.लि.को लागि समेत धितोमा रहेको बैंकको सूचनामा उल्लेख छ ।
यस्तै, बैंकले कमल थापाको नाममा मालपोत कार्यालय ललितपुरको लगतमा दर्ता श्रेस्ता कायम रहेको ललितपुर जिल्ला, टिकाथली गाविस÷न.पा. वडा नं. ९ स्थित कित्ता नं. १२२ को क्षेत्रफल १४७८.५३(ब.मि.) को घरजग्गा तथा सो घरजग्गाले चर्चेको सम्पूर्ण लिग लगापात समेत बिक्री गर्ने छ ।
बोलपत्र फारम वैशाख ८ गतेदेखि बैंकको केन्द्रिय कार्यालय, कर्जा असुली विभाग, मलपोखरी, काठमाडौं तथा शाखा कार्यालय बागबजार, काठमाडौंबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ । बैंकका अनुसार छुट्टाछुट्टै धितोको लागि छुट्टाछुट्टै आवेदन पनि दिन सकिने छ ।