प्रभु बैंकको नाफा ११.५० प्रतिशतले बढ्यो, अन्य सूचकमा कस्तो छ सुधार ?



काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा प्रभु बैंकको नाफा ११.५० प्रतिशतले बढेको छ । गत आवको तेस्रो त्रैमासमा १ अर्ब ७५ करोड २९ लाख २३ हजार रुपैयाँ नाफा कमाएको बैंकले चालु आवको सोही अवधिमा १ अर्ब ९५ करोड ४६ लाख २५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेकोे छ भने सञ्चालन नाफा बढेको छ ।

गत आवको चैत मसान्तसम्म बैंकले ४ अर्ब ३२ करोड ३१ लाख २३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालु आवको सोही अवधिमा ६ अर्ब ६८ करोड १४ लाख २६ हजार रुपैयाँ रहेको छ ।

यस्तै सञ्चालन नाफा २ अर्ब ५६ करोड ६ लाख ३५ हजारबाट बढेर चैत मसान्तमा २ अर्ब ७१ करोड ९४ लाख ८५ हजार रुपैयाँ पुगेको छ ।

बैंकको वितरणयोग्य नाफा १८ करोड २९ लाख ५६ हजार रुपैयाँले ऋणात्मक रहेको छ ।

२३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा १० अर्ब २७ करोड ९ लाख ५२ हजार रुपैयाँ रहेको छ । २ खर्ब ७७ अर्ब ४५ करोड १९ लाख ५ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २ खर्ब ४२ अर्ब ५३ करोड ९७ लाख ७५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा १.२१ प्रतिशतबाट बढेर ३.४८ प्रतिशत पुगेको छ । प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ ८५ पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ०७ पैसा रहेको छ ।


क्लिकमान्डु