प्राइम बैंकको नाफा घट्यो



काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा प्राइम कमर्सियल बैंकको नाफा घटेको छ ।

यो अवधिमा बैंकको नाफा ९.३५ प्रतिशतले घटेर २ अर्ब ४६ करोड ७५ लाख ५६ हजार रुपैयाँमा सिमित भएको छ । गत आवको सोही अवधिका बैंकको नाफा २ अर्ब ७२ करोड २० लाख २० हजार रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको वितरणयोग्य नाफा ३० करोड १५ लाख २० हजार रुपैयाँ रहेको छ ।

चैत मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १८. ७ प्रतिशतले बढेर ५ अर्ब ४७ करोड २५ लाख ७३ हजार रुपैयाँ पुगेको छ । सञ्चालन मुनाफा ९.६४ प्रतिशतले घटेर ३ अर्ब ५२ करोड ३९ लाख ४३ हजार रुपैयाँ रहेको छ ।

१९ अर्ब ४० करोड २५ लाख ७५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको खराब जगेडा कोषमा ८ अर्ब ८९ करोड ६७ लाख २९ हजार रुपैयाँ रहेको छ । खराब कर्जा ०.९४ प्रतिशतबाट बढेर ३.०६ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ९६ पैसा रहेको छ ।


क्लिकमान्डु