एभरेष्ट बैंकको नाफा २ अर्ब ४६ करोड, खराब कर्जा बढ्यो
काठमाडौं । चैत मसान्तसम्म एभरेष्ट बैंकको खुद नाफा ६२.६३ प्रतिशतले बढेर २ अर्ब ४६ करोड ६० लाख ६४ हजार रुपैयाँ पुगेको छ । जुुन गत आवको सोही अवधिमा १ अर्ब ५१ करोड ६३ लाख २४ हजार रुपैयाँ रहेको थियो ।
नौ महिनाको अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३६ करोड ३३ लाख ५८ हजार रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको
खुद ब्याज आम्दानी ५९.३८ प्रतिशतले बढेर ५ अर्ब ५८ करोड ७२ लाख ४८ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ६२.५९ प्रतिशतले बढेर ३ अर्ब ५२ करोड २८ लाख ८६ हजार रुपैयाँ पुगेको छ ।
बैंकको ३० रुपैयाँ ७४ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २२५ रुपैयाँ ८६ पैसा रहेको छ । बैंकको खराब कर्जा ०.२६ प्रतिशतबाट बढेर ०.७० प्रतिशत रहेको छ ।