नबिल बैंकको नाफा ५२.६३ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?
काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्म नलिब बैंकको नाफामा उल्लेख्य सुधार देखिएको छ ।
चैत मसान्तसम्म बैंकले ५ अर्ब ११ करोड ६१ लाख ७४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ५२.६३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा ३ अर्ब ३५ करोड २० लाख ४३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
बैंकको वितरणयोग्य नाफा १ अर्ब ७७ करोड २० लाख ९५ हजार रुपैयाँ रहेको छ । यो अवधिमो बैंकको बैंकको खुद ब्याज आम्दानी र सञ्चालनमा आएको सुधारले नाफा बढाउन सहयोग गरेको छ ।
बैंकको खुद ब्याज आम्दानी ८३.६२ प्रतिशतले बढेर १२ अर्ब १० करोड ११ लाख ५८ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा ५६.५४ प्रतिशतले बढेर ७ अर्ब ४८ करोड ६६ लाख ५३ हजार रुपैयाँ पुगेको छ ।
२७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा २५ अर्ब ५७ करोड ४२ लाख ९७ हजार रुपैयाँ रहेको छ ।
बैंकको खराब कर्जा १.१४ प्रतिशतबाट बढेर ३.८७ प्रतिशत पुगेको छ । प्रतिसेयर नेटवर्थ २०१ रुपैयाँ ७ पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ २१ पैसा रहेको छ ।