कमसल धितो राखेर कर्जा दिँदा कृषि विकास बैंकको ९२.६०% साँवा नै उठेन



काठमाडौं । कृषि विकास बैंकले कमसल धितोको आधारमा ऋण प्रवाह गरेको पाइएको छ ।

कमसल धितोमा ऋण दिँदा ९२.६० प्रतिशत साँवा नै असुल नभएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।

महालेखलाको ६० औं प्रतिवेदनमा धितो मूल्याङ्कन एवं ऋण प्रवाह गर्नेलाई जवाफदेही बनाई साँवा सहितको रकम असुल गर्न भनेको छ ।

बैंकले असल धितोको आधारमा साँवाको किस्ता र ब्याज समेत समयानुसार असुल हुने गरी ऋण लगानी गर्नुपर्न भनेको छ । नमूना छनोटमा परेका ८ ऋणीलाई ३ करोड ९१ लाख ५४ हजारको धितो मूल्याङ्कन गरी १ करोड ६२ लाख १० हजार ऋण प्रवाह गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

उक्त ऋणमध्ये १ करोड ५० लाख ५७ हजार साँवा र ९ लाख ४७ हजार ब्याज असुल नभएको उल्लेख छ ।


क्लिकमान्डु