फर्स्ट माइक्रोफाइनान्सको नाफा १७.१२ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा कति ?



काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा नाफा १७.१२ प्रतिशतले बढाएर १९ करोड ४५ लाख ७७ हजार रुपैयाँ पु्याएको छ ।

गत आवको सोही अवधिको कम्पनीका नाफा १६ करोड ६१ लाख ३४ हजार रुपैयाँ रहेको थियो । वितरणयोग्य नाफा भने १६ करोड ६८ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको सुधारको प्रभाव नाफामा देखिएको छ । कम्पनीको खुद ब्याज आम्दानी ३.४२ प्रतिशतले बढेर ३१ करोड ७६ लाख ३५ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा १०.६८ प्रतिशतले बढेर २७ करोड ७९ लाख ६७ हजार रुपैयाँ पुगेको छ ।

प्रतिसेयर आम्दानी २२ रुपैयाँ ६० पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ७३ पैसा रहेको छ ।
१ अर्ब १४ करोड ७७ लाख ४५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २६ करोड ६२ लाख ७२ हजार रुपैयाँ रहेका छ ।


क्लिकमान्डु