सिटिजन्स बैंक धारापानी शाखाद्वारा शैक्षिक सामग्री वितरण



नवलपुर । सिटिजन्स बैंक इन्टरनेसनलले नवलपुरको श्री मनकामना आधारभूत विद्यालयका सीमान्तकृत विद्यार्थीलाई सामाजिक उत्तरदायित्वअन्तर्गत शैक्षिक सामग्री वितरण गरेको छ । बैंको गण्डकी प्रदेशअन्तर्गत धारापानी शाखाले बैंकको १६औं वार्षिकोत्सवलाई मध्यनजर विद्यालयको वार्षिक दिवसका अवसरमा उनीहरुलाई सहयोग गरेको हो ।

कार्यक्रममा शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक र सामाजिक रूपमा विपन्न पृष्ठभूमिका सीमान्तकृत विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ । प्रत्येक विद्यार्थीको आर्थिक वा सामाजिक पृष्ठभूमि जस्तोसुकै भए पनि गुणस्तरीय शिक्षामा पहुँच छ भन्ने सुनिश्चित गर्नका लागि शैक्षिक सामग्री वितरण प्रभावकारी कदम भएको बैंकले जनाएको छ ।

निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्वअन्तर्गत प्रदेशका अन्य शाखामार्फत पनि सञ्चालन कार्यक्रम गर्ने योजना रहेको जनाएको छ ।

सिटिजन्स बैंकले देशभरका १८२ शाखा,  १३९ एटिएम, ३ विस्तारित काउन्टर र ९७ शाखारहित बैंकिङ इकाइबाट १५ लाख ४० हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु