लक्ष्मी केयर्सको अरेन्ज भाइब्स २०२३ मा उत्साहजनक सहभागिता



काठमाडौं । लक्ष्मी बैंकका कर्मचारीद्वारा स्थापित गैरनाफमूलक संस्था लक्ष्मी केयर्सले अरेन्ज भाइब्स नामक सांगीतिक कार्यक्रम आयोजना गरेको छ ।

गोकर्ण फरेस्ट रिसोर्टमा आयोजित कार्यक्रममा दिपक बज्राचार्य र रिद्म ब्यान्डको सांगीतिक प्रस्तुतिका साथै नेपालका विभिन्न स्थान तथा संस्कृतिको प्रतिनिधित्व गर्ने मौलिक परिकार प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्रख्यात सेफ सन्तोष साहको पनि उपस्थिति थियो । कार्यक्रममा विभिन्न पेसा व्यवसायमा संलग्न लक्ष्मी केयर्सका १२ सयभन्दा बढी हितैषी थिए ।

कार्यक्रमबाट संकलित रकम लक्ष्मी केयर्सको वातावरण संरक्षण तथा नविकरणीय ऊर्जा प्रवर्धनलगायतका विविध सामाजिक कार्यमा उपयोग हुनेछ ।

यसअघि लक्ष्मी केयर्सले बागमती पुल, पाटन दरबार स्क्वायर, भद्रकाली-सिंहदरबार सडक, बाराको गढिमाइ मन्दिर र बनेपाको चण्डेश्वरी मन्दिर परिसरमा सौर्य बत्ती जडान गर्नुका साथै देशभर विभिन्न स्थानमा वृक्षरोपण गरेको छ ।


क्लिकमान्डु