सांग्रिला डेभलपमेन्ट बैंकका अध्यक्षद्वारा शपथ ग्रहण
सांग्रिला डेभलपमेन्ट बैंकको १८ औँ वार्षिक साधारणसभाबाट निर्विरोध निर्वाचित अध्यक्ष उज्ज्वल सत्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर नीलम ढुङ्गना तिम्सिनासमक्ष सत्यालले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।
सञ्चालक समितिका अध्यक्ष सत्यालद्वारा अन्य संचालकहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरे पश्चात नवनिर्वाचित सञ्चालक समितिले आफ्नो कार्य प्रारम्भ गर्ने छ ।
बैंकका मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम रहेका छन् ।