ग्रीन डेभलपमेन्ट बैंकले लाभांश दिने, बोनस र नगद कति ?



काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

आइतबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

जसमा बोनस ३.८० प्रतिशत र कर प्रयोजनका लागि ०.२० नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु