तीन करोडको लागतमा विराटनगरमा नेपाल बैंकको भवन निर्माण



विराटनगर । तीन करोड रुपैयाँको लागतमा नेपाल बैंक लिमिटेड बजार अड्डा विराटनगर शाखाको निर्माण गरिएको छ । नवर्निमित भवनको विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले एक समारोहका बीच उद्घाटन गरेका छन् ।

भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले नेपालको पहिलो बैंकका रुपमा स्थापित नेपाल बैंकले ग्राहकको मन जित्नुपर्नेमा जोड दिए । बैंकहरुबीच पनि प्रतिस्पर्धा रहेकाले राम्रो सेवा दिन सकेमा नेपाल बैंकप्रति ग्राहकको आकर्षण बढ्ने उल्लेख उनको भनाइ थियो ।

पार्किङसहितको तीन कठ्ठा जमिनमा निर्मित भवन निर्माणका लागि तीन करोड रुपैयाँ खर्च भएको सो बैंकका शाखा प्रमुख प्रकाश घिमिरेले जानकारी दिए । नवर्निमित अढाइ तले भवनबाट सेवा सुरु गरिएको छ ।

कार्यक्रममा विराटनगर वडा नम्बर १० का वडाध्यक्ष अर्जुन गिरी, बैंकका प्रदेश प्रमुख सूर्यप्रकाश भट्ट, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कोषाध्यक्ष सुवास आचार्य, शाखाकी सहायक प्रबन्धक शोभा घिमिरे, पूर्वकर्मचारी महेश खड्कालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


क्लिकमान्डु