सामुदायिक लघुवित्तको लाभांश राष्ट्र बैंकले घटायो, अब कति ?




काठमाडौं । नेपाल राष्ट्र बैंकले सामुदायिक लघुवित्त वित्तीय संस्थाको लाभांश घटाएको छ ।

संस्थाले यसअघि २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको थियो । नेपाल राष्ट्र बैंकले कम्पनीले घोषणा गरेको लाभांशलाई घटाएर १५ प्रतिशत लाभांश दिन स्वीकृत गरेको छ ।

उक्त लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु