लघुवित्तका समस्या र समाधानका उपाय खोजी गर्न गठित समितिले थाल्यो काम



काठमाडौं । ‘लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र समाधानका उपायहरु’का विषयमा अध्ययन गर्न गठित समितिले काम सुरु गरेको छ । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको निर्णयअनुसार आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठको संयोजकत्वमा गठित समितिले काम थालेको हो ।

समितिले लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र समाधानका लागि चाल्नुपर्ने कदमका बारेमा सरोकारवालासँग सुझाव पनि गरेको छ । लघुवित्तबाट ठगी भएकालगायत गुनासा चर्को गरी उठेपछि राष्ट्र बैंक सञ्चालक समितिले अध्ययनका लागि श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको थियो ।


क्लिकमान्डु