तीन सातामा वाणिज्य बैंकको निक्षेप ३४ अर्बले बढ्यो, कर्जा प्रवाह ९ अर्ब मात्रै



काठमाडौं । तीन साताको अवधिमा वाणिज्य बैंकको निक्षेप ३४ अर्बले बढ्दा कर्जा प्रवाह ९ अर्ब रुपैयाँले मात्रै बढेको छ । निक्षेपको तुलनामा कर्जा परिचालन करिब एक चौथाइ मात्र हो ।

नेपाल राष्ट्र बैंकका अनुसार चैत १ सम्म ४७ खर्ब ६१ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकको कुल निक्षेप चैत २२ सम्ममा ४७ खर्ब ९५ अर्ब पुगेको छ ।

कर्जा प्रवाह भने सु्स्त छ । चैत १ सम्म ४२ खर्ब ७० अर्ब रहेको वाणिज्य बैंकको कुल कर्जा प्रवाह चैत २२ सम्ममा ४२ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको हो ।

समीक्षा अवधिमा कुल निक्षेप पनि ३४ अर्बले नै बढेको छ । चैत १ गते ५४ खर्ब २ अर्ब रहेको कुल निक्षेप चैत २२ गते ५४ खर्ब ३६ पुगेको हो ।

त्यस्तै तीन सातामा समग्र कर्जा प्रवाह ११ अर्बले बढेको छ । वैशाख १ गते ४८ खर्ब १२ अर्ब रहेको कुल कर्जा प्रवाह चैत २२ गते ४८ खर्ब २३ अर्ब पुगेको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा कर्जा-निक्षेप (सीडी) अनुपात ८५.६९ प्रतिशतबाट घटेर ८५.४३ प्रतिशतमा झरेको छ । उच्च ब्याजदर र बजारमा वस्तु तथा सेवाको मागसमेत कम भएपछि बैंकमा कर्जाको माग पनि घटेको हो ।


क्लिकमान्डु