प्रभु क्यापिटल र सेन्ट जेभियर्स कलेजबीच सम्झौता



काठमाडौं । प्रभु क्यापिटल र सेन्ट जेभियर्स कलेजबीच सम्झौता भएको छ ।

कलेजका व्यवस्थापन विभागको स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई लगानी, वित्तीय योजना र जोखिम व्यवस्थापन सहित पुँजी बजारको सैद्धान्तीक तथा व्यवहारिक ज्ञान प्रदान गरी विद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले सहकार्य गर्न सम्झौता भएको बताइएको छ ।

सम्झौता पत्रमा प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र सेन्ट जेभियर्स कलेजका प्राध्यापक डा. अगस्टिन थोमस एस. जे.ले हस्तारक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु क्यापिटलले कलेजका विद्यार्थीहरु, कर्मचारीहरुलाई आफ्नो सेवामा सहुलियत प्रदान गर्ने साथै विद्यार्थीहरुको आवश्यकता बमोजिम पूँजी बजार सम्बन्धी सामान्य, आधारभुत, तथा प्राविधीक विश्लेषण सम्बन्धी ज्ञान प्रदान गर्ने रहेको छ ।


क्लिकमान्डु