ऋण नतिर्ने व्यवसायीको घरमा सुरक्षागार्ड राखेर बैंकले परिवारलाई बन्धक बनायो: दमक उवासंघ



काठमाडौं । व्यवसायीले ऋण तिर्न नसक्दा बैंकले घरमा सुरक्षा गार्ड राखेको भन्दै दमक उद्योग वाणिज्य संघले आपत्ति जनाएको छ ।

संघले विज्ञप्ति जारी गर्दै देशको आर्थिक अवस्था निकै संकटमा रहेको र विभिन्न बैंक तथा वित्तीय संस्थाबाट वृद्धि गरिएको चर्को बैंक व्यादरका कारण उद्यमी व्यवसायी तथा ऋणीहरुले मासिक किस्ता बुझाउन प्रतिकुल अवस्था श्रृजना भएको भएको जनाएको छ ।

यसैक्रममा विगत ३ महिनादेखि मासिक किस्ता बुझाउन नसकेको कारण देखाउँदै दमक नगरपालिका ५ स्थित व्यवसायी दुर्गप्रसाद कँडेलको घरमा विगत १ हप्ता देखि एनआइसी एसिया बैंक दमक शाखाले सुरक्षा गार्ड राखि घरपरिवारलाई बन्धक बनाइ आतंक मच्चाएको संघको आरोप छ ।

‘यस्तो निन्दनीय कार्य अविलम्ब रोकेर कानुनी प्रक्रिया मार्फत आफ्नो व्यवहार मिलाउनु पर्नेमा गैह्र संवेदनशील बनि प्रतिकुल अवस्थामा यस प्रकारका गितिविध गरि थप आतंकित बनाएकोमा दमक उद्योग वाणिज्य संघको गम्भीर ध्यानाकर्षण भएको छ’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यस विषयलाई लिएर वाणिज्य संघमार्फत पटक पटक विभिन् बैंक तथा वित्तीय संस्थाहरुलाई सहजताका उपायहरु अवलम्वन गरि समस्या समाधानका लागि पहल गर्न अपिल तथा ध्यानाकर्षण गराइएकोमा सोको बर्खिलाप यस्तो कार्य बैंकबाट हुनु अत्यन्त निन्दीय र अमानवीय भएको संघले जनाएको छ ।

संघले कँडेलसहित अन्य ऋणीहरुको घरबाट सुरक्षागार्ड हटाउन र आगामी दिनमा यस्तो कार्य नगर्न संघले बैंकहरुलाई सचेत गराएको जनाएको छ ।


क्लिकमान्डु