अर्थमन्त्रीलाई गभर्नरको ब्रिफिङः अर्थतन्त्र सुधार भइरहेको छ
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारउन्मुख रहेको बताएका छन् ।
नवनियुक्त अर्थ मन्त्री डा. प्रकाश शरण महतलाई अर्थतन्त्रको पछिल्लो अवस्थाका विषयमा बिफ्रिङ गर्दै गत वर्ष अर्थतन्त्रको बाह्य क्षेत्रमा परेको चाप घट्दो क्रममा रहेको बताए ।
बैंक वित्तीय संस्थामा लगानीयोग्य पुँजी बढीरहेको भन्दै आगामी दिनमा क्रमश ब्याजदर पनि घट्दै जाने गभर्नर अधिकारीले जानकारी दिए ।
मन्त्री महतले निजी क्षेत्रले ब्याजदर बढी भएको गुनासो गरेको भन्दै ब्याजदर घटाउने सम्भावना के कस्तो छ भन्ने चासो राखेका थिए ।
रेमिट्यान्स आप्रवाहमा भएको सुधारले विदेशी मुद्राको सञ्चितिमा सुधार भएपनि आगामी दिनमा उच्च दरमा आयात बढ्यो भने फेरी अर्थतन्त्रको बाह्य क्षेत्रमा चाप पर्न सक्ने बताए ।
अर्थ मन्त्रालयका भएको बिफ्रिङमा मन्त्रालयका सचिवद्वय तोयम राय र रामप्रसाद घिमिरे, राष्ट्र बैंकको अनुसन्धान विभाग प्रमुख प्रकाश श्रेष्ठ लगायतका उच्च अधिकारी सहभागी थिए ।
अर्थ मन्त्री भएपछि महतले आइतबारदेखि निजी क्षेत्र र सरोकारवाल निकायसँग निरन्तर भेट गरिरहेका छन् ।