डिजेल र हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो



काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाउने निर्णय गरेको छ ।

सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाउँदा पेट्रोलको मूल्य भने प्रतिलिटर ३ रुपैयाँले घटाएको छ ।

मूल्य घटेसँगै पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १७५ रुपैयाँ, डिजल र मट्टीतेलको बिक्री मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ ।

यस्तै, निगमले आन्तरिक र बाह्यतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाउने निर्णय गरेको छ ।

निगम सञ्चालक समितिका अध्यक्ष तथा वाणिज्य सचिव मधु मरासिनीले निगम सञ्चालक समितिको बैठकभन्दा अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका थिए । दाहालले डिजेलको मूल्य घटाउँदा गाडी भाडा सस्तो हुने भन्दै तत्कालै मूल्य समायोजन गर्न निर्देशन दिएका थिए ।

भारतीय आयल कर्पाेरेसनबाट मूल्य घटेर आएसँगै निगम सञ्चालक समितिले इन्धनको मूल्य घटाउने निर्णय गरेको हो ।


क्लिकमान्डु