नेपालमा स्मार्ट फोन प्रयोग गर्नेको संख्या ७३ प्रतिशत



काठमाडौं । नेपालभित्रका ७३ प्रतिशत मानिसहरु स्मार्ट फोनको पहुँचमा पुगेका छन् । देशभित्रका ३७.८ प्रतिशतको पहुँचमा इन्टरनेटको पहुँच पनि पुगेको छ ।

शुक्रबार सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ काअनुसार नेपालभित्रका ७३ प्रतिशत नागरिकको हातमा स्मार्टफोन पुगेको र ३७.८ प्रतिशतको पहुँचमा इन्टरनेट पुगेको हो ।

त्यस्तै, ७३.२ प्रतिशत नागरिकको हातमा स्मार्टफोनबाहेकका साधारण मोबाइल फोन पुगेको छ ।

देशभरमा रहेका ९६.१ प्रतिशत नागरिकसँग कुनै न कुनै किसिमको साधन वा सुविधा उपलब्ध भएको पनि तथ्यांकमा देखिएको छ । ३४.२ प्रतिशतको पहुँचमा रेडियो सुविधा, ४९.४ प्रतिशतको पहुँचमा टेलिभिजन, ४.५ प्रतिशतको पहुँचमा ल्याण्डलाइन फोन, १५ प्रतिशतको हातमा कम्प्युटर वा ल्यापटप, ३७.८ प्रतिशतको पहुँचमा इन्टरनेट सुविधा पुगेका छन् ।


क्लिकमान्डु