कसैको एकल नायकत्वमा देशमा आर्थिक क्रान्ति सम्भव छैन: प्रधानमन्त्री (पूर्णपाठ)



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा आर्थिक क्रान्ति कसैको एकल नायकत्वमा सम्भव नरहेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले देशमा आर्थिक क्रान्ति गर्दै सकारात्मक आर्थिक कायापलट गर्न आवश्यक रहेको र त्यो एकल नायकत्वमा सम्भाव नभएको बताए ।

‘हामीले आर्थिक क्रान्ति गर्नु छ, जसले देशमा सकारात्मक आर्थिक कायापलट गरोस् । यो कसैको एकल नायकत्वमा सम्भव छैन । राष्ट्रको निर्माण कुनै अमूक नेता वा पार्टीको एकाधिकार वा क्षमताको विषय पनि होइन । यो संसदमा हामीबीच असहमतिका जति विषय होलान् सोभन्दा धेरै सहमतिका विषय छन् । यो संविधान हाम्रा साझा संघर्षहरूको परिणाम हो । हामी सबैलाई हाम्रो राष्ट्र र हाम्रा लोकतान्त्रिक संस्थाहरूमाथि गर्व छ । हामी सबै राष्ट्र र नागरिकको जीवन बदल्ने संकल्पका साथ राजनीतिमा आएका हौं’ उनले भने ।


क्लिकमान्डु