‍अडानी समूहले रोक्यो ३४ हजार ९ सय करोड भारतीय रुपैयाँको परियोजनाको काम



काठमाडौं । हिंडनबर्ग रिपोर्ट सार्वजनिक भएसँगै समस्यासँग जुधिरहेको भारतीय अर्बपति गौतम अडानीको समूहले लगानीकर्ताको चिन्तालाई हटाउनका लागि ठूलो निर्णय लिएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार अडानी ग्रुपले ‍३४ हजार ९ सय करोड भारतीय रुपैयाँको पेट्रोकेमिकल परियोजनाको काम रोकेको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार गुजरातको मुद्रामा यस प्रोजेक्टमाथि काम भइरहेको थियो । यस समाचारलाई इकोनोमिक्स टाइम्सले पनि प्रकाशन गरेको छ ।

समाचारमा जनाइए अनुसार अडानी ग्रुपले भेन्डर र सप्लायर्सलाई अर्को सूचना नआए सम्मका लागि मुद्रा पेट्रोकेम लिमिटेड ग्रीन पीवीसी प्रोजेक्टमाथिको काम रोक्न भनेको छ । तर यसबारे अडानी ग्रुपले अहिले प्रतिक्रिया नदिएको रोयटर्सले जनाएको छ ।

२४ जनवरीमा हिंडनबर्ग रिपोर्टमा अडानी ग्रुपको सेयरको मूल्य गलत तरीकाले माथि तल गरेकोसहित कयौं गम्भीर आरोप लगाइएको थियो ।


क्लिकमान्डु