तिलगंगामा गाडीको ठक्करबाट वृद्धाको मृत्यु



काठमाडौँ । काठमाडौँको तिलगंगामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । गाडीको ठक्करबाट गम्भीर घाइते सिन्धुपाल्चोकको जलवीरे घर भई काठमाडौँको सिनामंगलमा डेरा गरी बस्ने ७५ वर्षीया चन्द्रमाया बस्नेतको काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा मृत्यु भएको हो ।

गाडी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरी वृत्त गौलाशाका प्रहरी नायब उपरीक्षक सञ्जीवबाबु खड्काले जानकारी दिए ।

यसैबीच दोलखाकी ५५ वर्षीया गौरी भन्ने कमला गोले मृतावस्थामा फेला परेकी छन् । काठमाडौँको सोह्रखुट्टे चोकनजिकै सडकपेटीमा उनको शव फेला परेको हो । मृत्युको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु