डेभलपमेण्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा श्रेष्ठ निर्वाचित



काठमाडौं । डेभलपमेण्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ निर्वाचित भएका छन् ।

एसोसियसनको शुक्रबार चितवनमा सम्पन्न १७ औं वार्षिक साधारण सभाले श्रेष्ठ लगाएत अन्य पदाधिकारीहरुलाई सर्वसम्मत चयन गरेको हो ।

अध्यक्ष श्रेष्ठसहित महालक्ष्मी बिकास बैंकका सीईओ बोधराज देवकोटा उपाध्यक्ष, सिन्धु विकास बैंकका सीईओ रामकुमार गिरी सचिव, लुम्विनी विकास बैंकका सीईओ नरेश सिंह बोहरा कोषाध्यक्ष चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा साइन रेसुंगा डेभलपमेण्ट बैंकका सीईओ प्रकाश पौडेल, ज्योति विकास बैंकका सीईओ श्रीचन्द्र भट्ट र एक्सल डेभलपमेण्ट बैंकका सीईओ डा. इन्द्र कट्टेल चयन भएका छन् ।

नवनियुक्त कार्य समितिका पदाधिकारीहरुको सपथ ग्रहण समेत सम्पन्न भइसकेको छ । एसोसियसनको १७ औं वार्षिक साधारण सभाले आव २०७८/०७९ को लेखापरीक्षण प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, आव २०७९/०८० को अनुमानित आय व्यय र लेखापरीक्षक नियुक्ति लगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।


क्लिकमान्डु