अडानी समूहले दाइ विनोदका बारेमा मौनता तोड्दै भन्यो: प्रमोटर समूहको हिस्सा



एजेन्सी । भारतस्थित अडानी समूहले गौतम अडानीका दाइ विनोद अडानी, अडानी ग्रुपको विभिन्न सूचीकृत कम्पनीका व्यक्तिगत प्रमोटर रहेको स्वीकार गरेको छ ।

सञ्चारमाध्यम टेलिग्राफको समाचारअनुसार २४ जनावरीमा हिंडनबर्ग रिसर्च रिपोर्ट आएपछि गौतम अडानी ग्रुपले विनोद अडानी समूह या त्यसको सहायक कम्पनीमा कुनै व्यवस्थापकीय पदमा नरहेको दाबी गरेको थियो । त्यसबेला कम्पनीले विनोदसँग सम्बन्ध नरहेकाले ‘कन्फिल्क्ट अफ इन्ट्रेस्ट’ नरहेको बताएको थियो ।

हिंडनबर्गले अडानी ग्रुपबारेको आफ्नो रिपोर्टमा ७४ वर्षिय विनोद अडानीको भूमिका माथि प्रश्न उठाउँदै विनोदले मोरिससस्थित ३८ सेल कम्पनीको माध्यमबाट गौतम अडानी ग्रुपमा पैसा लगानी गरेको दाबी गरेको थियो ।

टेलिग्राफका अनुसार पछिल्लो केही दिनमा विनोद अंबुजा सिमेन्ट र एसीसीका वास्तविक मालिक भएको खुलेको छ । दुवै कम्पनीलाई गत वर्ष होल्सिम समूहसँग ६.५ अर्ब डलर सम्झौतापछि अधिग्रहण गरिएको थियो ।

‘हामी यो भन्न चाहन्छौं कि गौतम अडानी र राजेश अडानी ग्रुपमा रहेका विभिन्न सूचीबद्ध कम्पनीहरुको व्यक्तिगत प्रमोटर हुन् र विनोद अडानी, व्यक्तिगत प्रमोटरका नातेदार हुन् ‘अडानी इन्टरप्राइजेजले बिहीबार स्टक एक्सचेन्ज फाइलिङमा भनेको छ , ‘विनोद, अडानी ग्रुपभित्रको विभिन्न सूचीबद्ध कम्पनीका प्रमोटर समूहका हिस्सा हुन् ।’


क्लिकमान्डु