युक्रेनको जीडीपी सन् २०२२ मा २९.२ प्रतिशतले घट्यो



एजेन्सी । युक्रेनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सन् २०२२ मा २९.२ प्रतिशतले संकुचित भएको छ । सरकारद्वारा सञ्चालित युक्रेन फर्म समाचार एजेन्सीले देशको अर्थ मन्त्रालयले गरेको अनुमानलाई उद्धृत गर्दै जीडीपी विवरण सार्वजनिक गरेको हो ।

आर्थिक गिरावटले उदासीन घरायसी उपभोग, लगानी गतिविधि र रूस-युक्रेन द्वन्द्वको कारण निर्यात र आयात सञ्चालनमा नकारात्मक दबाबलाई प्रतिबिम्बित गरेको मन्त्रालयले जनाएको छ ।

तथ्यांकअनुसार युक्रेनको वास्तविक जीडीपी सन् २०२२ को अक्टुबर-डिसेम्बरमा वार्षिक ३१.४ प्रतिशतले घटेको छ । यो महिनाको सुरुमा अर्थ मन्त्रालयले यस वर्षको देशको जीडीपी वृद्धि पहिले अनुमान गरिएको ३.२ प्रतिशतबाट १ प्रतिशतमा घटाएको छ ।


क्लिकमान्डु