बैंक वित्तीय संस्थाका समस्या समाधानका लागि उद्योगी व्यवसायीको विरोध (तस्बिरहरु)
काठमाडौं । उद्योगी व्यवसायीहरुले बैंक तथा वित्तीय समस्या समाधानका लागि भन्दै विरोध प्रदर्शन गरेका छन् ।
आइतबार माइतीघर मण्डलामा उद्योगी व्यवसायीहरुले विरोधमा प्रदर्शन गरेका हुन् ।
विभिन्न जिल्लाका उद्योग वाणिज्य संघ लगायतका संस्थाहरुले ब्याजदरमा स्थिरता कायम गर्नुपर्ने, चालू पुँजी निर्देशका स्थगित गर्नुपर्ने, मौद्रिक नीति परिमार्जन गर्नुपर्ने, प्रिमियम दर वृद्धि नियन्त्रण गर्नुपर्ने लगायतका माग गरेका छन् ।
प्रदर्शनकारीहरुले बैकिङ आतंक बन्द गर, ब्याजदर हामीलाई चर्को भो ! गरिखान गाह्रो भो !, प्रिमियमदर वृद्धि नियन्त्रण गर लगायतका नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका छन् ।