राष्ट्रपति निर्वाचनमा रास्वपाले रामचन्द्र पौडेललाई मत दिने




काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको बिहीबार बसेको पदाधिकारीसहितको संसदीय दलको बैठकले राष्ट्रपति निर्वाचन सम्बन्धमा सर्वसहमतिमा मतदान गर्ने निर्णय गरेको छ ।

पार्टीका प्रवक्ता एवम महामन्त्री डा. मुकुल ढकालले बैठकको मतदान गर्नेबारे निर्णय भएको जानकारी दिए ।

मतदान दिने निर्णय गरे पनि राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसन्बन्धी ऐन, २०७४ बमोेजिम राष्ट्रपति निर्वाचनमा गोप्य मतदान हुने भएकाले कसलाई मतदान गर्ने हो भन्नेबारे धारणा सार्वजनिक नगर्ने बताए ।

उनले भने, ‘आचारसहिंताको मर्मलाई पालना गर्दै हामी सर्वसहमत भएको र कस्लाई मतदान गर्ने भन्ने निर्णय सार्वजनिक नगर्ने निर्णय गरिएको छ ।’

पार्टीका सभापति एवं सङ्घीय संसद् डोलप्रसाद अर्यालले बैठकले फलानो पार्टीलाई मतदान गर्ने भनेर निर्णय भएको छ । सोही निर्णयअनुसार मतदान गरेका छन् ।

सार्वजनिक नगर्ने भनेपनि राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने भएका छन् ।


क्लिकमान्डु