सहकारी संस्थाले कानून पालना नगर्दा अहिलेको समस्या देखियोः सचिव डा. रेग्मी



काठमाडौ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव डा‍. दामोदर रेग्मीले सहकारी संस्थाहरुले कानून पालना नगर्दा समस्या झनै बढेको बताएका छन् ।

मंगलबार राजधानीमा आयोजित कार्यक्रममा उनले सहकारीले कानून कार्यान्वयन गर्ने, अनुशासित हुने हो भने अहिलेको समस्या घट्दै जाने बताए । केही सहकारीमा समस्या देखिदा अभियान आलो नाको केन्द्र बनेको बताए ।

उनले अहिले वित्तीय सहकारी एनको माग भइरहेको तर्फ लक्षीत गर्दै नयाँ एन खोज्नु भन्दा पनि भएको नियम कानून पालना गर्न आग्रह गरे ।

अहिले भएको ऐनमा ग्याब कहाँ छ, त्यसको पालना चै नगर्ने, उनले भने, ४ पास नगर्ने, ५ पढन खोज्ने, नीतिगत अपुर्ण भएर हो भने केही गरौ ।

अहिले नै केही नगर्ने हो भने एकै डुगाका रहेका सबै यात्री डुब्ने सम्भावना रहेको बताए । उनले अहिले बजारमा सहकारीका बारेमा उठेका सबै प्रश्नको जवाफ आए मात्रै नयाँ ऐनको आवश्यकता ठान्न सकिने बताए ।


क्लिकमान्डु