एमालेका मन्त्रीले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

651
Shares

काठमाडौं । नेकपा एमालेका सात जना मन्त्रीले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका छन् । सोमबार उपप्रधानमन्त्री विष्णु पौडेलसहित सबै मन्त्रीले राजीनामा बुझाएका हुन् ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, कृषि मन्त्री ज्वालाकुमारी शाह, क्षा मन्त्री हरि उप्रेती, परराष्ट्रमन्त्री विमला राई पौड्याल, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र भूमिसुधार मन्त्री राजेन्द्रकुमार राईले राजीनामा दिएका हुन् ।

सोमबार बसेको एमालेको सचिवालय बैठकले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो ।