राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि आचारसंहिता लगाउने निर्णय



काठमाडौं । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको आयोगको बैठकले फागुन १७ देखि चैत ५ गतेसम्म निर्वाचन आचारसहिता लागू गर्ने निर्णय गरेको हो ।

निर्वाचन आचारसंहिता लागू भएपछि कर्मचारी सरुवा बढुवा गर्न आयोगको सहमति लिनुपर्छ । यस्तै बजेट र नीति तथा कार्यक्रममा घोषणा भएका बाहेक कार्यक्रम कार्यान्वयन गर्न रोक लगाइने गरेको छ ।

फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन कार्यातालिका रहेको छ । राष्ट्रपतिमा आठ दलिय गठबन्धनबाट नेपाली काँग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवास नेम्वाङ उम्मेदवार रहेका छन् ।


क्लिकमान्डु