नेरुडे लघुवित्तमा २५ व्यक्ति तथा कम्पनीको साढे ३७ करोडको सेयर



काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको ठूला सेयरधनीमा २५ व्यक्ति तथा कम्पनी रहेका छन् । असार मसान्तसम्मको विवरणअनुसार संस्थामा २५ व्यक्ति तथा कम्पनीको ३७ करोड ३४ लाख १५ हजार २०० रुपैयाँको ३७ लाख ३४ हजार १५२ कित्ता सेयर स्वामित्व छ ।

कम्पनीमा सबैभन्दा बढी सेयर स्वामित्व नेपाल ग्रामीण विकास समाज केन्द्रको २१.७३ प्रतिशत अर्थात १३ करोड ३ लाख ८७ हजार ६०० रुपैयाँको १३ लाख ३ हजार ८७६ कित्ता सेयर रहेको छ ।

यस्तै प्राइम कमर्सियल बैंकको ९.६१ प्रतिशत अर्थात ५ लाख ७६ हजार ८१० कित्ता, गणेश प्रसाद आचार्यको ३.४२ प्रतिशत अर्थात २ लाख ५ हजार ४३३ कित्ता, शिलु कार्कीको २.५० प्रतिशत अर्थात १ लाख ५० हजार १ कित्ता छ ।

त्यस्तै लक्ष्मी ढुंगेलको २.०२ प्रतिशत अर्थात १ लाख २१ हजार ३०५ कित्ता, मणि कुमार अज्र्यालको २ प्रतिशत अर्थात १ लाख २० हजार १ कित्ता, कोपिला राईको १.८४ प्रतिशत अर्थात १ लाख १० हजार १७० कित्ता, सिटिजन्स बैंकको १.८० प्रतिशत अर्थात १ लाख ७ हजार ९३५ कित्ता, डा. भेष प्रसाद धमलाको १.५० प्रतिशत अर्थात९० हजार १ कित्ता सेयर स्वामित्व छ ।

सुरेन्द्रराज भट्टराइको १.५० प्रतिशत अर्थात ९० हजार १ कित्ता, शंकर बहादुर कार्की १.३२ प्रतिशत अर्थात ७९ हजार ८७ कित्ता, भुवनेश्वर मण्डलको १.३० प्रतिशत अर्थात ७७ हजार ९२३ कित्ता, मिना नेपालको ७६ हजार ८३१ कित्ता, केशव काफ्लेको ७४ हजार ५७४ कित्ता, एनआरएन इन्फ्रास्ट्रक्चरको ६० हजार ७४४ कित्ता, जनु शर्माको ६० हजार १ कित्ता सेयर स्वामित्व छ।

प्रमिला पोखरेल नेपालको ६० हजार १ कित्ता, रुपेशकुमार पोखरेलको ५७ हजार ८१९ कित्ता, सुवर्ण मिश्रको ५२ हजार ५३४ कित्ता, डा. सुजन रिजालको ५१ हजार ६१६ कित्ता, कृष्णप्रसाद खनालको ५० हजार ४२१ कित्ता, बाबुराम बरालको ५० हजार ३७९ कित्ता, चन्द्रमणि न्यौपानेको ४३ हजार ७१७ कित्ता, उषा धनावतको ३२ हजार ९७१ कित्ता र श्यामाकुमारी थारुको ३० हजार १ कित्ता सेयर स्वामित्व छ ।


क्लिकमान्डु