सिभिल बैंक आज हिमालयन बैंकमा बिलय: मर्जरपछि कुल पुँजी ३४ अर्ब, अन्य सूचक कस्ता ?
काठमाडौं । हिमालयन बैंकले आजदेखि सिभिल बैंकलाई प्राप्ती गरी एकीकृत कारोबार गर्न लागेको छ । आजदेखि सिभिल बैंक हिमालयन बैंकमा बिलय हुँदैछ ।
एकीकृत कारोबार भएसगै बैंकको कुल पुँजी ३४ अर्ब, कुल निक्षेप २ खर्ब ७४ अर्ब, कुल कर्जा २ खर्ब ५० अर्ब पुग्ने छ । यस्तै शाखा सञ्जाल १८९ वटा पुग्नेछन् ।
राष्ट्र बैंकले फागुन ५ गते सिभिल बैंकलाई प्राप्ति (एक्विजिशन) गरी गरेर ‘हिमालयन बैंक लिमिटेड’ को नाममा एकिकृत कारोबार गर्न स्वीकृति दिइसकेको छ ।
हिमालयन बैंकले सिभिललाई १००ः८०.२८ अनुपातमा प्राप्ति गरेको हो । मर्जरसँगै सिभिल बैंकको १०० कित्ता सेयर हुनेको हिमालयन बैंकमा ८०.२८ कित्ता सेयर हुनेछ । मर्जरका लागि दुवै बैंकको प्रस्ताव पुस २८ गतेको साधारण सभाले पारित गरेको छ ।