यी हुन् युनियन लाइफ इन्स्योरेन्सका ठूला १३ सेयरधनी



काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सको ६४.३७ प्रतिशत सेयर स्वामित्व विभिन्न १३ व्यक्ति तथा कम्पनीको रहेको छ । १३ व्यक्ति तथा कम्पनीसँग १ करोड ३८ करोड ४० लाख कित्ता रहेको छ ।

जसमा सबैभन्दा बढी उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र व्यवसायी साहिल अग्रवालको सबैभन्दा बढी १३.९५ प्रतिशत अर्थात ३० लाख कित्ता सेयर रहेको छ ।

यस्तै सुलभ अग्रवालको १२.६३ प्रतिशत अर्थात २७ लाख १५ हजार कित्ता, सन्दिप कुमार अग्रवालको ४.६५ प्रतिशत अर्थात १० लाख कित्ता, राहुल कुमार अग्रवालको पनि ४.६५ प्रतिशत अर्थात १० लाख कित्ता, सारड कुमार टिविरेवालको ४.६५ प्रतिशत अर्थात १० लाख कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै राजेश हार्डवयरको २.३३ प्रतिशत अर्थात ५ लाख कित्ता, गोयल मेटल इन्ड्रस्ट्रिजको १.४० प्रतिशत अर्थात ३ लाख कित्ता, सालिमार इन्भेष्टमेन्ट कम्पनीको २.३३ प्रतिशत अर्थात ५ लाख कित्ता, सहयात्री ग्रुपको १.०५ प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर स्वामित्व रहेको छ ।

विमल सिद्धार्थ वैद्यको ०.९३ प्रतिशत अर्थात २ लाख, मञ्जु अग्रवालको ०.९३ प्रतिशत अर्थात २ लाख कित्ता, आशिष अग्रवालको ०.९३ प्रतिशत अर्थात २ लाख कित्ता सेयर स्वामित्व रहेको छ ।


क्लिकमान्डु