खानेपानी मन्त्रालयद्वारा गुनासो सुनुवाइ इकाईको उद्घाटन



काठमाडौं । खानेपानी मनत्रालयले गुनासो सुनुवाइ इकाईको उद्घाटन गरेको छ । बिहीबार खानेपानी मन्त्री अब्दुल खानले गुनासो सुनुवाइ इकाईको उद्घाटन गरेका हुन् ।

मन्त्रालयले देशभर खानेपानी समस्याहरू सम्बोधन गर्न गुनासो सुनुवाइको व्यवस्था गरेको मन्त्रालयका सचिव मणिराम गेलालले बताए ।

मन्त्रालयले गुनासो सुनुवाइको लागि चार जना कर्मचारीको व्यवस्था गरेको उनले बताए ।

देशको जुनसुकै कुनाबाट खानेपानी सम्बन्धी गुनासो ११७१ मा फोन गरी जानकारी दिन सकिने मन्त्रालयले जनाएको छ ।

कार्यालय समयबाहेक अन्य अवस्थामा गुनासो रेकर्ड हुने व्यवस्था गरिएको छ । गुनासो मन्त्रालयमा आएको अवस्थामा मन्त्रालयले सम्बन्धित व्यक्ति र कार्यलयलाई जानकारी दिई समस्या समाधान हुनेमा मन्त्रालयले विश्वास लिएको छ ।


क्लिकमान्डु