ग्यास बिस्फोटमा परेकी हरिकलाको मृत्यु, सांसद भण्डारीलाई भारत लैजाने तयारी



फाइल तस्बिर

काठमाडौं । ग्यास सिलिण्डर बिस्फोट हुँदा घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।

गए राति वुद्धनगरस्थित निवासमा ग्यास सिलिण्डर विस्फोट हुँदा घाइते हरिकला र छोरा चन्द्रको कीर्तिपूरस्थित बर्न अस्पतालमा उपचार भइरहेको थियो ।

अस्पतालकी निर्देशक डा निजीमा ताम्राकारका अनुसार आज बिहान १० बजेर ५७ मिनेटमा हरिकलाको मृत्यु भएको हो । सांसद भण्डारीलाई भने थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ ।

गए राति ग्यास विस्फोट हुँदा हरिकलाको शरीर ७० प्रतिशत भन्दा धेरै जलेको थियो भने चन्द्रको २५ देखि ३० प्रतिशतसम्म जलेको अस्पतालले जनाएको छ ।

सांसद भण्डारीको स्वासनलीमा तातो हावा र धुवाँको कारणले जलन भएको हुनसक्ने सम्भावना रहेकोले थप उपचारका लागि सुविधासम्पन्न विदेशी अस्पतालमा लैजान सुझाव दिएको छ ।


क्लिकमान्डु