कांग्रेस नेता भण्डारीको स्वास्थ्य अवस्था जटिल, विदेश लैजान सिफारिस



फाइल तस्बिर

काठमाडौं । ग्यास सिलिन्डर विस्फोटमा परि घाइते कांग्रेस नेता चन्द्र भण्डारी र उनकी आमा हरिकलालाई थप उपचारका लागि विदेश लैजान बर्न अस्पतालले सिफारिस गरेको छ ।

कीर्तिपुर अस्पतालका जलन उपचार विभाग प्रमुख डा किरण नकर्मीले विज्ञप्ति जारी गर्दै भण्डारी र उनकी आमा हरिकलाको थप उपचारका लागि नेपालमा सहज नहुने देखिएकाले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थातान्तरणका लागि सिफारिस गरेको जनाएका छन् ।

चन्द्रको हात र दुवै गोडाहरु गरी २५-३० प्रतिशत र आमाको जीउको अधिकांश भागमा गरी ७० प्रतिशत जलन भएको तथा दुवै जनाको स्वासनलीमा तातो हावा र धुवाँको कारणले जलन भएको हुनसक्ने सम्भावना रहेको अस्पतालले जनाएको छ ।

गए राति बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास सिलिन्डर विस्फोट भएपछि नेता भण्डारीसँगै उनकी आमा ८६ वर्षीया हरिकलासमेत घाइते भएकी थिइन् ।


क्लिकमान्डु