सुदूरका जनताको जीवनस्तर उकास्न कृषि र पर्यटनमा जोडः मुख्यमन्त्री शाह



काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदुरका जनताको जीवनस्तर उकास्नका लागि कृषि र पर्यटन क्षेत्रमा बढी जोड दिने बताएका छन् ।

आइतबार काठमाडौंमा एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ठूला पूर्वाधार निर्माणका लागि आर्थिक समस्या हुने भएकोले सुदूरपश्चिमा रहेका सम्भावनाहरुको खोजी गर्दै त्यहाँको जनताको जीवन स्तर उकास्नका लागि कृषि र पर्यटन क्षेत्रमा बढी जोड दिने बताएका हुन् ।

उनले सुदूरमा कृषि र पर्यटन क्षेत्रमा प्रचुर सम्भावना रहकोले तीनको संरक्षण र प्रबद्र्धन प्रदेश सरकारले गर्ने बताए ।

एक अर्को प्रसगंमा बोल्दै मुख्यमन्त्री शाहले खुला सीमाका कारण सुदूरपश्चिममा लागुऔषधको उच्च जोखिम रहको र त्यसले किशोर किशोरीमा नराम्रो प्रभाब पारेकोले यसलाई निर्मुल पार्नतर्फ प्रदेश सरकार सजग रहेको बताए । तीन दिन अघि सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त शाह शनिबार संघीय राजधानी आएका हुन् ।


क्लिकमान्डु