कुनै पनि कालखण्डका भ्रष्टाचारजन्य अपराधहरुलाई बाहिर ल्याउछौंः अर्थमन्त्री पौडेल



काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कुनै पनि कालखण्डका भ्रष्टाचारजन्य अपराधहरुलाई ‘इफ, बट इन्तु परन्तु’ नभनि बाहिर ल्याउने दाबी गरेका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा चालु आर्थिक बजेटको अर्धवार्षिक समीक्षाको प्रतिवेदन पेस गर्दै उनले वर्तमान सरकार भ्रष्टाचार र सुशासन कायम गर्ने सन्दर्भमा स्पष्टताकासाथ प्रस्तुत भइरहेको बताएका हुन् ।

अर्थमन्त्री पौडेलले सरकारले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने क्रममा स्पष्ट पारेको बताए ।
उनले २०४७ सालपछिका वा मल्टिपार्टी सुरु भएपछिका भष्टाचार अपराध बाहिर नआउने चर्चा भए पनि कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारका अपराधहरुलाई सरकारले बाहिर लाउने बताए ।

‘२०४७ सालपछिका वा मल्टिपार्टी शुरु भएपछिका त्यस्तो हाइन कुनै पनि कालखण्ड र कसैले गरेका भ्रष्टाचारका अपराधहरुलाई बाहिर ल्याउँछौं । कानून अनुसार दण्डित गर्छौं भन्ने दृढप्रतिवद्धता हो । यसमा कुनै पनि प्रकारको इफ बट इन्तु परन्तु हुँदैन भन्ने कुरामा विश्वास दिलाउँछु’उनले भने ।

अर्थमन्त्री पौडेलले राजस्व चुहावटमा संलग्नलाई कानूनको दायरामा ल्याउने र कर कानूनको परिचालन गर्ने बताए ।


क्लिकमान्डु