विमानस्थलबाट आधा किलो सुन सहित दुई भारतीय नागरिक पक्राउ



फाईल फाेटाे

काठमाडौं । नेपाल प्रहरीले आधा किलो सुनसहित २ जना भारतीय नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

विमानस्थलको आगमन टनेल गेट नजिकैबाट ५ सय ग्राम सुन सहित २ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरुमा भारतीय नागरिक ३१ वर्षीय गिरिश चन्देरलाल थडानी र ३४ वर्षीय मुकेश कुंदन आठवाणी रहेका छन् ।

ईन्डिगो एयरलाईन्सको उडानद्वारा मुम्बईबाट काठमाडौं आएका थडानीको साथबाट २ सय ५० ग्राम र आठवाणीको साथबाट २ सय ५० ग्राम सुन नियन्त्रणमा लिइएको छ ।

उक्त सुन अवैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले दुवै जनालाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्लिकमान्डु