सङ्‍घीय संसदमा राष्ट्रपतिको सम्बोधन (पूर्णपाठ)



काठमाडौं । राष्‍ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सङ्‍घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेकी छिन् ।
सम्बोधनका क्रममा उनले वर्तमान अर्थतन्त्रका बारेमा निकै चिन्ता जनाएकी छिन् ।

उनले प्रत्येक वर्ष श्रम बजारमा प्रवेश गर्ने जनशक्तिलाई देशभित्रै रोजगारीको व्यवस्था मिलाउन सार्वजनिक र निजी क्षेत्रले सहकार्य गर्नु आवश्यक रहेको बताइन् ।

दक्ष जनशक्ति उत्पादन गर्न लगानी हामीले व्यहोर्नुपर्ने र सोको लाभ अन्य मुलुकले प्राप्‍त गर्ने स्थितिको अन्त्य गर्न आर्थिक, सामाजिक र पूर्वाधारका क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता एकातिर छ भने दक्ष जनशक्ति उत्पादनकै लागि पनि लगानी बढाउनु पर्ने उनको भनाइ छ ।


क्लिकमान्डु