समता घरेलु लघुवित्तको लाभांश घोषणा



काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।

शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७०९ को नाफाबाट सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले गत आवको नाफाबाट १८ लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस १५ प्रतिशत र कर सहित ३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु