नेपालका पहिलो गभर्नर हिमालयशमशेर राणाको निधन



काठमाडौं । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको निधन भएको छ ।

९५ वर्षीय थापाको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममाआइतबार बिहान साढे ६ बजे निधन भएको अस्पतालका प्रवक्ता सोम बास्तोलाले जानकारी दिए ।

उनी विगत ५ वर्षदेखि पार्किन्सन्सको समस्याबाट पीडित थिए ।

जबरा सन् १९२८ मा स्वस्थानी पूर्णिमाका दिन जन्मिएका थिए । ‘आज स्वस्थानी पूर्णिमाकै दिन बुवाको निधन भएको छ’, छोरी संगीता थापाले आफ्नो फेसबुकमा लेखेकी छन् ।

उनले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमअन्तर्गत सन् १९६२ देखि १९८६ सम्म विभिन्न देशहरूमा प्रतिनिधिको रुपमा काम गरेका थिए ।

स्वर्गीय राणा नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर बनेका थिए । राजा महेन्द्रले राष्ट्र बैंकको स्थापना गरेर गभर्नरको नियुक्ति दिँदा उनको उमेर मात्र २९ वर्ष थियो । उनी हिमालयन बैंकको संस्थापक थिए । उनका २ वटा किताब प्रकाशनको तयारीमा थिए ।

स्वर्गीय राणाका २ छोरा र २ छोरी छन् ।


क्लिकमान्डु