आदर्श लघुवित्त वित्तीय संस्थाको आकर्षक लाभांश प्रस्ताव



काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाले सेयरधनीका लागि लाभांश दिने प्रस्ताव गरेको छ ।

बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

जसमा बोनस २० प्रतिशत र कर सहित १.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु