मनकामना स्मार्ट लघुवित्तले ४.७५% बोनस दिने, नगद कति ?



काठमाडौ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले ५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

जसमा बोनस ४.७५ प्रतिशत र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु